नेपाल मगर संघको राष्ट्रिय सम्मेलन सुरु
गोरखा | जेठ १२, २०८१
गोरखा: नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन गोरखामा सुरु भएको छ । सम्मेलनको एक समारोहबीच गोरखा संग्रहालय परिसरमा शनिबार उद्घाटन गरिएको हो ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सम्मेलनको उद्घाटन गरेकी हुन् । दुई दिनसम्म चल्ने सम्मेलनमा सातै प्रदेश, ७७ वटै जिल्ला, ८ वटा भातृ संगठन र १५ भन्दाबढी वैदेशिक शाखाका प्रतिनिधिहरु सहभागी छन् ।
सम्मेलनमा देशको सांस्कृतिक नीति, मगरात क्षेत्र विस्तार, प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणाको मागलगायतका विषयमा छलफल हुनेछ ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने विषयलाई पनि छलफल गरिने संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए ।
सम्मेलनको उद्घाटनपूर्व झाकी र्याली निकालिएको थियो । हरमटारी खेलमैदानबाट सुरु भएको र्याली बिसौनी, बसपार्क, पदेली ठुलोआँगन हुदैं कार्यक्रम स्थल (गोरखा संग्रहालय परिसर) पुगेको हो । साँझ सांस्कृतिक कार्यक्रमहरु हुने बताइएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

